Showing posts with label ”हामी त भाई -भाई हौं. Show all posts
Showing posts with label ”हामी त भाई -भाई हौं. Show all posts

Monday, April 30, 2012

”हामी त भाई -भाई हौं


वीर गोर्खाली हौँ हामी तर कहिले देखि हामी मुर्ख हुन थाल्यौं? अरुको लागि केहि गर्ने हामी कतै उनीहरुको सहयोगको बोझ मुनि दबिन त थालेका होइनौं? अहिलेको भाषामा भन्नु पर्दा हामी त स्यानडविच भएर बसेका छौँ दुई देशको बीचमा. दुवै देश हामीलाई निल्न तयार देखिन्छन. हामी सानो छौँ त के हामी सधै दबिएर बस्ने?    ”हामी त भाई -भाई हौं! हामी त तपाईहरुको देशमा शान्ति भएको पो हेर्न चाहन्छौं…” भन्दै उनीहरुको सरकारको लुकेको प्रोपगेन्डालाई हामी माथि थोपर्न खोजेको देख्दा देख्दै हाम्रा नेता भनौदाहरुले अझै यो कुरा बुझ्न सकेका छैनन् र अझै पनि हात जोडेर भिखारी जस्तै हामीलाई शान्ति देउ भन्दै चाकरी गर्दै बसेका छन् ।उनीहरु यो किन भुलिरहेछन कि घर आफै बनाउनु पर्छ न कि कोहि अरुले आएर बनाई दिन्छ। अरुले घर भाड्ने काम गर्छन न कि घर जोड्ने। यो कुरा को प्रमाण त हामीले तराईमा फस्टाएको उनीहरुको मूलको सशस्त्र समुह लाई लिन पक्कै सक्छौँ नि होइन र?   माथि बाट एउटाले थिच्ने तल बाट अर्कोले मिच्ने, यसरी दबिएका हामी कहिले सम्म सहेर बस्ने? शान्तिको नाममा आफ्नो दाँत र नंग्रा गाड्नेहरुको शीर कुच्चाउने बेला आएकोछ अब। शान्तिको बिगुल आफ्नै देश्बाट बज्न पर्छ। अरुले बजाएको बिगुल सुन्नमा राम्रो हुन्छ तर आफ्नै बिगुल फुक्नुको मज्जा त्यस्को तुलना गर्न सकिन्न!