Tuesday, April 28, 2009

नेपालमा अनलाइन मेडियाको अवस्था



नेपालमा अनलाइन मेडियाको अवस्था


मनसिहरु एक अर्कासगँ सम्पर्क गर्न वा सुचना आदान प्रदान गर्न बिभिन्न साचार माध्यमको प्रयोग गर्छन् जस्तै रेडियो टेलिभिजन पत्र-पत्रिका सिनेमा हल आदि कुराको इस्तेमाल गर्छन । तर टि.भि. र रेडियोबाट दिइएको सुचनालाई हामीले दोहोर् याएर हेर्न वा सुन्न मिल्दैन । त्यसैगरि पत्र-पत्रिकामा बितेको समयको सुचना खोज्ने हो भने हामीलाई निकै समय लाग्छ । हरेक समयको सामाधान हुन्छ भने जस्तै समस्याको पनि समाधान भएको छ र त्यो हो "इन्तरनेट"। बिभन्न साचार माध्यमबाट उपभोग गर्न मिल्ने सुचनाहरु हामीले इन्तरनेट माफर्त पनि पाउन सक्छौं जसलाई हामी 'अनलाइन मेडिया' भन्छौ । अनलाइन मेडिया अहिले संसारकै सबैभन्दा सस्तो र सजिलो साचार माध्यम बनेको छ । नेपालको कुरा गर्नु पर्दा नेपालमा अझ पनि धेरै मानिसहरुले कम्प्यूटर चलाउन पाएका छैनन् । तिनीहरुलाई अनलाइन मेडिया एउटा सपनाको रुपमा रहेको छ । "इनटरनेट एन्ड नेपाली मेडिया २०६०" नामक किताब अनुसार नेपालमा सबैभन्दा पहिलो अन्लाइन मेडिया २०४९ सालमा सचालन भयो जुन वेबसाइटको नाम “www.thenepaldigest.com” थियो । यस वेबसाइटको साचालन अमेरीकीहरुले गरेका थिए र यसको उद्देश्य समाचार प्रकाशित गर्नु र नेपालीहरुको जीबनबारे लेख्नु हो । त्यपछि २०५२ सालमा काठमाण्डौं पोष्ट पत्र www.southasia.com माफर्त प्रकाशित भयो जसले गर्दा काठमाण्डौं पोष्ट पत्र नेपालको पहिलो निउज पोर्टलको रुपमा ठहरियो । त्यस पछि २०५६ सालमा नेपाल निउजले पहिलो पटक http://www.nepalnews.com/ खोले जुन वेबसाइतको साचालन गर्ने नेपालीहरु नै थिए र त्यसको कुनै पत्र वा पत्रिका बजारमा पाइदैन । नेपाल निउज वेबसाइटका बिशेषताहरुले गर्दा यो वेबसाइट निकै प्रचलित भएको थियो । यस वेबसाइटमा रहेका कुराहरु जस्तै निउज बुलेटिन बि. बि. सि., नेपाली मौसम जानकारी, च्याट, नेपाली टेलीभिजनको कार्यक्रमहरु र गोरखापत्र, कान्तिपुर, कामना प्रकाशनको बिज्ञान आदि । नेपालकने केही प्रचलीत समाचार दिने वेबसाइतहरुको नाम लिनुपर्दा जस्तै kantipuronline.com, thehimalayantimes.com, nepalnews.com, newsofnepal.com, nepalipost.com आदि । nepalnet.net अनुसार kantipuronline.com अहिलेको सबैभन्दा राम्रो निउज पोर्टलको रुपमा रहेको छ र cybersansar.com नेपाली वेबसाइतहरु मध्य सबैभन्दा मनोराजनात्मक रहेको छ । त्यसैगरि हामी एफ. एम. रेडियोपनि वेबसाइटहरु जस्तै radionepal.org, radiosagarmatha.org, kantipuronline.com, hitsfm.com.np, imagechannel.com, nepalnews.com, hbc.com.np, classicfm.com.np आदि । यस वेबसाइटहरु माफर्त हामीले बिभिन्न समाचार कुराकानी गितसङ्गित सुन्न सक्छौं । बिभिन्न कार्यक्रमहरु जस्तै घटना र बिचार परिबेस अखबार आजका कुरा नेपाली खबर आदि दिन दिनै प्रसारण हुने गर्दछ । त्सैगरि हाम टि. भि. मा देखाइने कार्यक्रमहरु पनि वेबसाइटमा हेर्न सक्छौं । नेपाली टेलीभिजन माफर्त प्रसारण हुने कार्यक्रमहरु जस्तै अङ्ग्रेजी समाचार नेपाली समाचार दिशानिर्देश लोक दोहोरी मत् अभिमत् आदि हामी http://www.nepalnews.com/ बाट पनि हेर्न र सुन्न सक्छौं Nepal 1 को केही कार्यक्रमहरु हामीले Nepal1tv.com माफत हेर्न सक्छौं भने Kantipur television को kantipuonline.com माफत हेर्न सक्छौं । यसता वेबसाइटहरु धेरै छन् जुनबाट हामी दिन-दिनै वा हप्तै पिछे नया भिडियो क्लीपस्हरु हेर्न सक्छौं । यसता वेबसाइटहरु मध्य केहीले प्रगति गर्दै आएका छन् भने कुनै रोकिएका पन छन् । नेपाली अनलाइन मेडियाको वेबसाइटहरु नेपाली भाषामा, अङ्ग्रेजी र दुबै भाषामा पनि हामीले पाउन सक्छौं । नेपालमा अहिले अनलाइन मेडियाको आवश्यकता बर्दै आएको छ तर बिद्मुत को सुबिधा कम भएको हुनाले अनलाइन मेडियालाइ सक्दो सुबिधा दिन सकेको छैन ।
रुबिन मानन्धर

No comments: